arrow

भारत–चीन लद्दाख झडपपछि बढ्दै ‘एन्टी–चाइना’ माहोल

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
india-china-laddakh.jpg

काठमाडौं । भारत र चीनबीच भएको झडपपछि भारतभर एन्टी चाइना माहोल बन्दै गएको छ । भारतको दिल्लीमा एन्टी चाइना माहोल बन्दा बिहीबार चिनियाँ सामग्रीसमेत जलाइएको छ । 

युवाहरु निकै नै आक्रोशित देखिएका छन् । गएको सोमबार लद्दाखको गलवान घाटीमा भारतीय सेनामाथि चिनियाँ सैनिकले गरेको आक्रमणमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने १३५ बढी घाइते भएका थिए । 

भारतको दावीअनुसार भारतर्फ २५० सेना रहेकामा चीनतर्फ एक हजारभन्दा बढी रहेका थिए । जसले गर्दा भारतीयलाई संघर्ष गर्न निकै कठिन भयो । 

धोकापूर्ण तरिकाले गरिएको हमलाका कारण थुप्रै सैनिक पाँच फिट गहिरो बरफको नदीमा खसेको समेत दावी गरिएको छ । 

पाँच घण्टासम्म उक्त नदीमा भारत र चिनियाँ सैनिक बीच लडाइ भएको बताइएको छ । 

भारत र चीनबीच शान्ति कायम राख्नका लागि एलएसीमा २७ वर्षको अवधिमा पाँच वटा सम्झौता भएका थिए ।गलवानमै चीनले सन् १९९३, १९९६ र २०१३ मा सम्झौता तोडेको छ । 

चिनियाँ उत्पादनमा भन्सार बढाइँदै
भारतले चिनियाँ कम्पनीमाथि कडा व्यवहार गर्ने स्पष्ट पारेको छ । नरेन्द्र मोदीको सरकारले चीनबाट आयात हुने उत्पादनमा भन्सार शुल्क बढाउने तयारी गरेको छ । 

समाचार सूत्रलाई हवाला दिदै भारतीय मिडियाले जनाए अनुसार यसमा अझै अन्तिम निर्णय भने भएको छैन । यसअघि बिहीबार रेलवेले चीनको कम्पनीबाट ४७१ करोड भारुको करार रद्द गरेको थियो । बुधबार पनि भारत संचार निगम लिमिटेड बीएसएनएलले फोरजी अपग्रेड गर्ने चिनियाँ उत्पादनलाई बन्द गर्ने घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ