arrow

चीनविरुद्ध ऐक्यवद्धता लिन नरेन्द्र मोदी सर्वदलीय बैठकमा

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
narendra-modi2.jpg

काठमाडौं । चीनले लद्दाखमा भारतीय सेनामाथि गरेको आक्रमणले पुगेको क्षतिपछि भारतमा चीनविरोधी अभियान तीव्र भएको छ । चिनियाँ सामग्री भारतमा प्रयोग नगर्न अपील हुन थालेको छ । 

बिहीबार भारतका अधिकांश शहरमा चीनविरोधी नारा लागेको छ । चिनियाँ सामग्रीमा भन्सार शुल्क बढाउने तयारी भएको बताइएको छ भने टेलिकम्युनिकेशनको फोरजीका सामग्रीमा चिनियाँ वस्तुको प्रयोग नगर्ने निर्णय भइसकेको छ । 


चिनियाँ सामग्रीको प्रचारप्रसार विज्ञापनमा बलिउडी हस्ती अमिताभ बच्चन, सलमान खानदेखि चर्चित क्रिकेटरहरु सचिन तेन्दुलकर, विराट कोहली लगायतलाई विज्ञापन त्यागेर भारतीय माहौल बनाउन आग्रहसमेत गरिएको छ । 

बस्दै सर्वदलीय बैठक
भारतभर चीन विरोधी अभियान चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक डाकेका छन् । 

उनले चीनविरुद्ध ऐक्यवद्ध भएर लाग्ने उद्धेश्यले दलहरुको विचार बुझी ऐक्यवद्धता जनाउनका लागि बैठक डाकेका हुन् । 

बैठकमा करिब १७ राजनीतिक दलले सहभागीता जनाउने बताइएको छ । समग्र वर्तमान अवस्थाबारे बैठकमा छलफल हुने भएको छ । 

साँझ ५ बजे भर्चुअल बैठक हुने बताइएको छ । भारतीय कांग्रेसका तर्फबाट सोनिया गान्धीले सहभागीता जनाउने छिन् । 

उनले लद्दाखको गलवानमा भएको झडपबारे विस्तृतमा जानकारी दिनका लागि मोदीसंग अपील गर्ने बताइएको छ । 

यद्यपि यो बैठकमा नेपालसंग जारी भूमि अतिक्रमणको विवादबारे छलफल हुने नहुने यकीन छैन । 

को को सहभागी हुँदैछन् बैठकमा ?
नरेन्द्र मोदी र मन्त्रीहरुको टिमसंगै सोनिया गान्धी, एमके स्टालिन, एन.चन्दबाबू नायडू, जगन रेड्डी, शरद पवार, नितिश कुमार, डी. राजा, सीताराम येचुरी, नवीन पटनायक, के.चन्द्रशेखर, ममता बनर्जी, सुखबीर बादल, चिराग पासवान, उद्धव ठाकरे, अखिलेश यादव, हेमन्त सोरेन र मायावती । 

चीनले भारतविरुद्ध त्रिदेशीय ऐक्यवद्धता बढाउनका लागि नेपाल र पाकिस्तानसंग दूरी नजिक बनाइरहँदा भारत भने आन्तरिक रुपमा सशक्त हुन खोजिरहेको मोदीको योजना रहेको बुझ्न सकिन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ