arrow

राहुल गान्धीले ५० औँ जन्मदिन नमनाउने

logo
एएनआई,
प्रकाशित २०७७ असार ५ शुक्रबार
indian-congress-rahul.jpg

नयाँ दिल्ली। भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन्। तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा भने कुनै पनि कार्यक्रम नगर्ने भएका छन्।

भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी भारतका सैनिक मारिएकोप्रति दुःख व्यक्त गर्दै उनले आफ्नो ५० औँ जन्मोत्सव नमनाउने भएको बताइएको छ। भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो। त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ।

त्यस्तै चीनका सैनिक पनि सो हिंसामा परी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको भए पनि यस विषयमा चीनका तर्फबाट भने केही आएको छैन। त्यसैले आज परेको उनको जन्मदिनका अवसरमा देशभरका काँग्रेसका कार्यसमिति तथा विभागहरुलाई पनि केक काट्ने या त्यस्तो कुनै पनि कार्यक्रम नगर्न भारतीय काँग्रेसले नै सूचना जारी गरेको छ।

देशमा दिन प्रतिदिन कोरोनाको महामारीबाट नागरिकको ज्यान गइरहेको तथा उता लद्दाखमा चिनियाँ सेनासँगको झडपमा परेर आफ्ना सैनिक मारिएकोले देशमा महोत्सव गर्ने अवस्था नरहेको गान्धीले बताए।

बरु अप्ठेरोमा परेका नागरिकलाई औषधि तथा खानाका प्याकेटहरु बाँडेर उनीहरुलाई सहयोग गर्नु भनी काँग्रेस पार्टीले सूचना जारी गरेको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ