arrow

विश्वमा कति पुगे संक्रमित र मृतक ?

logo
एएफपी,
प्रकाशित २०७७ असार ५ शुक्रबार
corona-world.jpg

जेनेभा ,स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार  ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार  ८९३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४५६ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ