arrow

चीनमा फेरी फैलियो कोरोना, ‘यूरोपबाट चीन भित्रिएको’ दावी

चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाई

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
china-corona-wuhan.jpg

बेइजिङ । चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना संक्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ संक्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको हो । 

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ संक्रमित विरामीमा यूरोपमा कोरोना भाइरस संक्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ । 

चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा संक्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्दगरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना संक्रमण परीक्षण शुरू गरेको छ ।

यसैबीच राजधानी बेइजिङ्मा थप २५ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा संक्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ ।

पछिल्लो चरणमा संक्रमण भेटिएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको संक्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए ।

चीनमा पछिल्लो चरणमा फैलिएको संक्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा संक्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको संक्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो । 

चीनले सीफुडका १५ हजार ६३८ नमूना संक्रलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको संक्रमण भेटिएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ