arrow

‘पश्चिमी मुलुकलाई तालिवान समूहबाट खतरा नहुने’

logo
एएफपी,
प्रकाशित २०७७ असार ५ शुक्रबार
taleban.jpg

काबुल। अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशङ्काको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ।

तालिवानसँग अमेरिकी प्रतिनिधिले गरेको सम्झौता कार्यान्वयनमा आशङ्का नगर्न तालिवानी नेताहरूले आग्रह गरेका हुन्। अमेरिकी सेनाको उच्च अधिकारी जनरल केनिथ म्याककेन्जीले सम्झौतामा गरिएका शर्तलाई पूर्णरूपमा पालना भए नभएको हेरेर यस वर्ष करिब आठ हजार ६०० नेटो सैनिक फिर्ता गरिने र सबै शर्त पालना भएको पाइएमा बाँकी सबै सैनिकलाई अर्को वर्षसम्ममा फिर्ता लग्ने बताए।

यसैबीच तालिवान समूहले फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौतालाई पालना गर्ने बिषयमा आफू कटिवद्ध रहेको बताउँदै यसमा खासगरी अमेरिका तथा अन्य पश्चिमी मुलुकहरूले शङ्का नगर्न भनेको छ। “हाम्रो मुलुक कसैको विरूद्धमा प्रयोग हुने छैन। यसमा उनीहरूले आशङ्का गर्नुपर्दैन,” तालिवान प्रवक्ता जिविहुला मुजाहिदले एएफपीसँग बताए।

फेब्रुअरीमा भएको सम्झौतामा करिब २० वर्ष पहिले अमेरिकामा भएको अल–कायदा आक्रमणपछि अफगानिस्तान पसेका अमेरिकी र अन्य विदेशी सैनिकलाई अफगानिस्तानबाट फकाउनुपर्ने र तालिवान समूहले शान्तिपूर्ण राजनीतिमा आउन अफगान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा समाहित हुने प्रमुख शर्त रहेका छन्।

तर पश्चिमी मुलुकहरूको पछिल्लो अध्ययन रिपोर्टमा तालिवान र स्लामिक समूहबीच खासै निकटता नरहेपनि अलकायदासँग ‘निकट रहेको’ र अमेरिकासँगको सम्झौतामा पनि नियमित परामर्श गरेको भन्ने उल्लेख गरिएको छ।

यही वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अर्को कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका डोनाल्ड ट्रम्पले पटक पटक अमेरिकी सैनिकलाई अफगानिस्तानबाट फिर्ता गर्ने बिषयलाई दोहोराउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ