arrow

कोरोना भाइरसबाट विश्वमा ४ लाख ६३ हजार भन्दा बढीको मृत्यु र ८७ लाख ९५ हजार भन्दा बढी संक्रमित

logo
एएफपी,
प्रकाशित २०७७ असार ६ शनिबार
corona-worldwide.jpg

जेनेभा स्वीट्जरल्याण्ड। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार २६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। 

नेपाली समयानुसार शनिबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार  ८२१ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ७७ हजार ९५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख १ हजार ११७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६८ हजार ८३० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ६० हजार १५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख ९३ हजार ४२५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार १५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८४१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ८९ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७१९ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ