arrow

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

logo
एपी,
प्रकाशित २०७७ असार ६ शनिबार
corona-japan.jpg

टोकियो। जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ। व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन्। रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ।

कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन्। विश्वभरी नै नयाँ सामान्यतालाई ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ।  

कोरोनाभाइरससँग डराएर लामो समयसम्म आर्थिक गतिविधिहरु बन्द गर्दा पर्याटन, निर्यातसँगै साना व्यापार व्यवसायहरुलाई धेरै मर्का परेको पाईएको छ।   जापानमा अन्य कतिपय देशहरुमा झै लकडाउन अति कडाइका साथ लागू नगरिएकाले कोरोनाभाइरसको खतरा र त्यसले क्षति गर्नसक्ने संभावना अझै पनि रहेकाले त्यसलाई ध्यान दिनै पर्ने अर्थविद्हरुले पनि बताएका छन्।

जापानले कतिपय बस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरुमा पनि अझै सामान्य अवस्था नआएको र आवतजावत गर्न वा ढुवानी गर्न नपाईएकाले अर्थतन्त्रमा असर भने परि नै रहेको उनीहरुको भनाई छ। अर्थविद्हरुले जापानको अर्थतन्त्र तत्कालै र सजिलै सुधार हुने अवस्थामा नरहेको पनि विश्लेषण गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ