arrow

अमेरिका, ब्रजिल, रुससहित कुन देशमा कोरोनाको कस्तो अवस्था

logo
प्रकाशित २०७७ असार ७ आइतबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट २४ घण्टामा शनिबार १ लाख ५५ हजार २२ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी भने शुक्रबार १ लाख ८० हजार ८७४ थियो । जुन अहिलेसम्मकै बढी थियो । शनिबार घटे पनि त्यो दोस्रो उच्च संख्या हो । 

२४ घण्टामा कहाँ कतिको मृत्यु ?
२४ घण्टामा ४ हजार ४१५जनाको ज्यान गएको छ । सबैभन्दा ब्रजिलमा ९६८ जनाको ज्यान जाँदा मेक्सिकोमा अमेरिकामा ५७२, भारतमा ३०७, चिलीमा २०२, पेरुमा २०१, रुसमा १६१, पाकिस्तानमा १५३, बेलायतमा १२८ तथा इरानमा ११५ को ज्यान गएको छ । 

२४ घण्टामा कहाँ कति बढी संक्रमित थपिए ? 
अमेरिकामा ३३ हजार १२१, ब्रजिलमा ३१ हजार ५७१, भारतमा १५ हजार ९१५, रुसमा ७ हजार ८८९, पाकिस्तानमा ६ हजार ६०४, चिलीमा ५ हजार ३५५, मेक्सिकोमा ५ हजार ३० तथा पेरुमा ३ हजार ४१३ जना संक्रमित थपिएका छन् । 

अहिलेसम्म कहाँ कति संक्रमित ? 
अमेरिकामा २३ लाख ३० हजार ३११, ब्रजिलमा १० लाख ७० हजार १३९, रुसमा ५ लाख ७६ हजार ९५२, भारतमा ४ लाख ११ हजार ७२७, बेलायतमा ३ लाख ३ हजार ११०, स्पेनमा २ लाख ९३ हजार १८, पेरुमा २ लाख ५१ हजार ३३८, इटालीमा २ लख ३८ हजार २७५ जना संक्रमित भएका छन् । 

अहिलेसम्म कहाँ कतिको मृत्यु ?
अमेरिकामा १ लाख २१ हजार ९७९, ब्रजिलमा ५० हजार ५८, बेलायतमा ४२ हजार ५८९, इटालीमा ३४ हजार ६१०, फ्रान्समा २९ हजार ६३३, स्पेनमा २८ हजार ३२२, मेक्सिकोमा २० हजार ३९४, भारतमा १३ हजार २७७, जर्मनीमा ८ हजार ९६१ तथा रुसमा ८ हजार २ जनाको ज्यान गएको छ ।  

शनिबारसम्म ४७ लाख ३२ हजार ८८८ जनालाई निको हुँदा संक्रमितमध्ये ५४ हजार ४७९ जनाको स्वास्थ्य गम्भीर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ