arrow

योग दिवसमा मोदीले भने, ‘प्राणायमबाट कोरोनाको आक्रमण रोक्न मद्धत’

logo
प्रकाशित २०७७ असार ७ आइतबार
modi16.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण प्राणायमको माध्यमबाट कम गर्न सकिने बताएका छन् । 

छैटौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले यो दिवस एकजुटताको दिन भएको बताए । उनले भने, ‘यो विश्वबन्धुत्वको सन्देशको दिन हो ।’

कोरोना भाइरसको संकटका बेलामा विश्वभर मानिसमा योगको उत्साह थपिएको मोदीले बताए । 

मोदीले भने, ‘कोरोना हाम्रो स्वसन तन्त्रमाथि आक्रमण गर्छ, प्राणायमबाट यस तन्त्रलाई मजबूद गर्न सबैभन्दा बढी मद्धत मिल्छ । प्राणायम अनेक प्रकारका छन् । यदि तपाई प्राणायम जान्नेवालासंग भेटिनु भयो भने यसका कति प्रकार छन् । अनुलोम–विलोम, भ्रामरी आदि । यसले इम्यून सिष्टमलाई मजबूत गर्न मद्धत गर्छ ।’

सन् २०१४ को जुन २१ तारिखदेखि योग दिवस सुरु भएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ