arrow

कोरोना बढेका बेला चुनावी र्‍याली  निकालेपछि ट्रम्पको चर्को आलोचना

logo
प्रकाशित २०७७ असार ७ आइतबार
trump17.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अमेरिकामा बढिरहँदा त्यसलाई रोक्न असफल भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको चुनावी अभियानलाई तीव्र पारेपछि चर्को आलोचना हुन पुगेको छ ।

ट्रम्पका समर्थकले ओक्लाहोमामा हजारौंको संख्यामा र्याली निकालेपछि उनको आलोचना भएको हो । 

ट्रम्पले मार्चपछि पहिलो पटक र्याली निकालेका हुन् । महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा हजारौं सर्वसाधारण एकै स्थानमा जम्मा पारेर चुनावी अभियान थालेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भएको हो ।

कोरोनाको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त हुन थालेपछि केही स्थानका चुनावी सभाहरु स्थगित भएको बीबीसीले जनाएको छ ।

गत मार्चपछि पहिलो पटक ट्रम्पले पहिलो क्याम्पेन गरेका हुन् । उनले मानिसको उल्लेख्य सहभागीता भएको भन्दै खुशी जनाएका छन् । 

र्यालीभन्दा केही समय अगाडि मात्रै र्याली आयोजनाका ६ जनामा कोरोना पोेजेटिभ देखिएको थियो । 

अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५७८ जना कोरोना संक्रमित भएका छन् भने १ लाख २१ हजार ९८० जनाको ज्यान गएको छ ।

शनिबार ३३ हजार ३८८ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार ३३ हजार ५३९ जना संक्रमित थपिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ