arrow

गुप्तचर कमाण्डरको कोरोना संक्रमणबाट मृत्यु, करिब ७२ हजार संक्रमित

logo
प्रकाशित २०७७ असार ७ आइतबार
brig-hasal1.jpg

पाबिस्तान । पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स-आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पाकिस्तानी स्रोतहरूका अनुसार उनि आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर)भित्र संक्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए।

पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।

पाकिस्तानमा प्रति १० लाख जनसंख्या बराबर ७७८ जना कोभिड–१९ संक्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ संक्रमित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ