arrow

बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ असार ७ आइतबार
china-corona-wuhan.jpg


बेइजिङ । चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि संक्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना संक्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आएको बताएको थियो ।

केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा संक्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो ।

आइतबार संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी (नर्स) पनि रहेको बेइजिङले जनाएको छ । सिनफादीमा संक्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना संक्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएपछिसंक्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ । 

यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना संक्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ संक्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको थियो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ संक्रमित विरामीमा यूरोपमा कोरोना भाइरस संक्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

पछिल्लो चरणमा संक्रमण पुष्टि भउका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको संक्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए । चीनमा पछिल्लो चरणमा फैलिएको संक्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा संक्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको संक्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ