arrow

सिन्ध प्रान्तमा लगातार तीन वटा बम बिस्फोट

logo
एएनआई,
प्रकाशित २०७७ असार ७ आइतबार
pakistan-lockdown-corona.jpg

कराँची । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ ।

स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ । 

एउटा बिस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आक्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए । 

अर्को बिस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो । तेस्रो बिस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति पुगेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ