arrow

अमेरिकामा कोरोनाको प्रकोप उस्तै, ट्रम्प भने सामाजिक दूरी लत्याउँदै चुनावी सभामा 

logo
प्रकाशित २०७७ असार ८ सोमबार
trump17.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अमेरिकामा रोकिएको छैन । सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार २६ हजार ७९ नयाँ संक्रमित थपिए । २६७ जना नयाँ मृतक थपिए । मृतकको संख्यामा एकाएक कमी भने आएको छ । 

अमेरिकामा अहिलेसम्म २३ लाख ५६ हजार ६५७ जना संक्रमित हुँदा १ लाख २२ हजार २४७ जनाको ज्यान गएको छ । 

९ लाख ८० हजार ३५५ जनालाई उपचारपछि निको भएको छ । अझै पनि १६ हजार ४७७ जना गम्भीर बिरामी रहेका छन् । 

ट्रम्प चुक्दै, जनता के भएका ? 
कोरोनाको संक्रमणको गति कम भएको छैन । र पनि नियन्त्रण गरेपछि मात्र बाहिर आउनु पर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बेवास्ती बनेका छन् । 

संक्रमण बढिरहँदा त्यसलाई रोक्न असफल भएका ट्रम्पले दोस्रो कार्यकालको चुनावी अभियानलाई तीव्र पारेपछि चर्को आलोचना भइरहेको छ । 

ट्रम्पका समर्थकले अहिले ठाउँठाउँमा र्याली निकालेका छन् । सभामा भाग लिएका छन् । 

सामाजिक दूरीलाई लत्याउँदै यसरी गरिएका र्यालीले कति असर गर्ने हो भन्ने कुनै मूल्यांकन नै नगरी ट्रम्पले आफ्ना समर्थनकलाई होमिन दिएका छन् । 

ट्रम्पले गत मार्चपछि शनिबारदेखि र्याली निकाल्न थालेका हुन् । शनिबार र आइतबार दुई दिन महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा हजारौं सर्वसाधारण एकै स्थानमा जम्मा पारेर चुनावी अभियान थालेका छन् । 

ट्रम्पले विश्व स्वास्थ्य संगठनसंगको सम्झौता नै तोडेका छन् । त्यसैले पनि उसको गाइडलाइन लत्याइरहेका छन् । तर के आफ्नै मतदाता मारेर ट्रम्पले अर्को कार्यकाल राष्ट्रपति बन्लान् त ? 

कोरोनाको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त हुन थालेपछि केही स्थानका चुनावी सभाहरु स्थगित भएको जनाइए पनि सर्वसाधारणको सहभागीता भने सभा भएका ठाउँमा उल्लेख्य पाइएको छ । 

र्यालीमा सहभागी हुने कतिपय मानिसहरुमा कोरोना पोजेटिभ पनि देखिएको छ । तर ट्रम्पले कतै जनताको लासमाथि टेकेर फेरि राष्ट्रपति त बन्दै छैनन् ? भनेर विपक्षी दलका नेताहरुले आरोप लगाउन थालिसकेका छन् । 

अमेरिकामा अहिलेसम्म २३ लाख ५६ हजार ६५७ जना कोरोना संक्रमित भएका छन् भने १ लाख २२ हजार २४७ जनाको ज्यान गएको छ ।

आइतबार २६ हजार ७९ जना नयाँ संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ