arrow

पाकिस्तानमा कोरोनाको सङ्क्रमण बढे पनि बजार खोल्न आह्वान

logo
एपी,
प्रकाशित २०७७ असार ८ सोमबार
pak-corona-market.jpg

इस्लामावाद। विश्वमै कोरोनाभाइरसको सङ्क्रमण तीब्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ। तर लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ। कोरोनाभाइरसबाट सङ्क्रमण भएका विरामीहरु अस्पताल जाने र सङ्क्रमण मुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीहरुको भर्ना छ।

अव पनि आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टिन सक्ने विज्ञ तथा सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन्। गरिबी र महामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक सङ्कट उत्पन्न भएको उनीहरुले जनाएका छन्। के गर्ने के गर्ने भन्ने लामो समयसम्मको दुविधालाई चिर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउने आर्थिक गतिविधिहरुलाई अगाडि बढाउने निश्कर्षमा पुगेको हो।

सरकारी अधिकारीहरुले अत्यावश्यक र आर्थिक गतिविधिहरुलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपायहरु अपनाउन अनिवार्य गरिएको छ। उनीहरुले सामाजिक दुरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भिडभाडहरुमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन्। मस्जिदहरुमा पनि सकेसम्म एकै पटक धेरै भिडभाड नगर्न उनीहरुले सुझाव दिएका छन्।

पाकिस्तानमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५९० जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ