arrow

चौबीस घण्टामा थपिए १ लाख ३८ हजार कोरोना संक्रमित, कहाँ कति ? 

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
corona5.jpg

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार १२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

सबैभन्दा बढी अमेरिकामा ३१ हजार ४९६ जना थपिएका छन् । अमेरिकामा २३ लाख ८८ हजार १५३ संक्रमित पुगेका छन् । 

दोस्रो स्थानको ब्रजिलमा ११ लाख ११ हजार ३४८ जना संक्रमित हुँदा पछिल्लो २४ घण्टामा २४ हजार ३५८ जना थपिएका छन् । 

भारतमा १३ हजार ५४८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएर संक्रमितको संख्या ४ लाख ४० हजार ४५० पुगेका छन् । 

रुसमा ७ हजार ६०० नयाँ संक्रमित थपिएर ५ लाख ९२ हजार २८० संक्रमित पुगेका छन् । 

पछिल्लो २४ घण्टामा मेक्सिकोमा ५ हजार ३४३, चिलीमा ४ हजार ६०८, पाकिस्तानमा ४ हजार ४७१, दक्षिण अफ्रिकामा ४ हजार २८८, बंगलादेशमा ३ हजार ४८०, साउदी अरेबियामा ३ हजार ३९३ जना थपिएका छन् । 

मृतक कहाँ कति ? 
अहिलेसम्म कोरोनाबाट ४ लाख ७३ हजार ४६२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८५८ जनाको ज्यान गएको छ । 

मेक्सिकोमा १ हजार ४४, ब्रजिलमा ७४८, अमेरिकामा ३६३, भारतमा ३१२, पेरुमा १७८, इरानमा ११९, रुसमा ९५ र पाकिस्तानमा ८९ जनाको ज्यान गएको छ । 

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १ लाख २२ हजार ६१० को ज्यान जाँदा ब्रजिलमा ५१ हजार ४०७ तथा बेलायतमा ४२ हजार ६४७ पगेका छन् । 

१४ हजार १५ जनाको ज्यान गइसकेको छ । २४ घण्टामा ३१२ जनाको ज्यान गएको छ । अहिलेसम्म २ लाख ४८जार १३७ जनालाई उपचारपछि निको भएको छ । 

पछिल्लो २४ घण्टामा १० हजार ८७९ जनालाई निको भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ७२१ जना संक्रमित थपिएर १ लाख ३५ हजार ७९६ जना पुगेका छन् । मृतक ११३ थपिएर ६ हजार २८३ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ