arrow

कतारमा सङ्क्रमितको सङ्ख्या ८९ हजार माथि

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असार ९ मंगलबार
qatar.gif

दोहा। खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८९ हजार ५७९ पुगेको कतारका स्वास्थ्यमन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन्। सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको र मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ।”

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाब दिएको छ।

लाखौँको सङ्ख्यामा एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेश लगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कूल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ। कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईमा आपसी सहयोग आदानप्रदान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ