arrow

भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित, मृतक पनि बढे 

logo
प्रकाशित २०७७ असार १० बुधबार
corona-india7.jpg

काठमाडौं । भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ६५३ जना संक्रमित थपिएका हुन् । 

अहिलेसम्म भारतमा कोरोना संक्रमित ४ लाख ५६ हजार ११५ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४३७ जना संक्रमितलाई निको भएको छ । अहिलेसम्म निको हुनेहरु २ लाख ५८ हजार ५७४ पुगेका छन् । 

पछिल्लो २४ घण्टामा ४६८ जनाको ज्यान गएको छ । यो संख्या दोस्रो उच्च हो । गत हप्ता भने एकैदिन २ हजार ४ जनाको ज्यान गएको थियो । मृतकको संख्या अहिलेसम्म १४ हजार ४८३ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ३ हजार २१४ जना संक्रमित थपिएर १ लाख ३९ हजार १० जना पुगेका छन् । मृतक एकैदिन २४८ थपिएका छन् । जम्मा मृतक ६ हजार ५३१ पुगेका छन् । 

दिल्लीमा सबैभन्दा बढी ३ हजार ९४७ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ६६ हजार ६०२ पुगेका छन् । मृतक ६८ थपिएर २ हजार ३०१ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ