arrow

कोरोनाले सबैभन्दा धेरै असर परेका १३ मुलुक, दोस्रो लहरको चपेटामा पर्न सक्ने चेतावनी

logo
प्रकाशित २०७७ असार १० बुधबार
spain-corona-viurs.jpg

एएफपी, जेनेभा । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । 

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् । 

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन । 

कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
 
विश्वभर    ९३,६९,२२७    ५०,६०,५४७    ४,८०,०९५
क्र.सं.    देशहरु    कूल संक्रमित     निको भएका    कूल मृत्यु
१.    संयुक्तराज्य 
                     अमेरिका    २४,२४,४९२    १०,२०,४१२     १,२३,४७६
२.    ब्राजिल    ११,५१,४७९    ६,१३,३४५      ५२,७७१
३.    बेलायत    ३,०६,२१०       –                  ४२,९२७
४.    इटाली    २,३८,८३३      १,८४,५८५      ३४,६७५
५.    फ्रान्स    १,६१,२६७      ७४,८७१        २९,७२०
६.    स्पेन       २,९३,८३२      –                  २८,३२५
७.    मेक्सिको    १,९१,४१०       १,४४,४४८      २३,३७७
८.    भारत    ४,५६,५५२     २,५८,६८५     १४,४८३
९.    इरान     २,०९,९७०      १,६९,१६०       ९,८६३
१०.    बेल्जियम    ६०,८१०         १६,७७१        ९,७१३
११.    जर्मनी    १,९२,७७८      १,७५,७००      ८,९८६
१२.    रसिया    ६,०६,८८१      ३,६८,८२२     ८,५१३
१३.    क्यानाडा    १,०१,९६३       ६४,७०४        ८,४५४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ