arrow

भारतका रक्षामन्त्री रुसी विजयदिवस कार्यक्रममा सहभागी

logo
एएनआई,
प्रकाशित २०७७ असार १० बुधबार
rajnath-shing-moscow.jpg

मस्को। भारतका रक्षामन्त्री राजनाथ सिंह बुधबार रुसको राजधानी मस्कोमा आयोजना भएको रुसी विजय दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी भएका छन्। रुसी राजधानी मस्कोबाट प्राप्त समाचारमा उनी दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा रुसको राजधानी मस्कोमा आयोजना गरिएको एक प्रकारको विशेष सैनिक परेड कार्यक्रममा सहभागी भएका हुन्।

रक्षामन्त्री सिंह सोमबार रुस प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए। उनले भारतीय सैनिक समेत सहभागी रहेको सो विशेष महत्वको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन्।

यो कार्यक्रम मे ९ तारिखका लागि तय गरिएको थियो। तर विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम आजका लागि सारिएको बताइएको छ। उनले ट्वीट गरेर सो जानकारी गराएको समाचारमा जनाइएको छ। भारतीय सञ्चारका अनुसार उनले रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्ने भएका छन्।

सोमबार मस्को पुगरेका उनीको यो भ्रमण तीन दिनको रहेको बताइएको छ। आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता गर्ने पनि उनले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ