arrow

बुद्धभूमिको नीति तथा कार्यक्रमः रोजगार तर्फ केन्द्रित 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ असार १० बुधबार
buddhabhumi2.jpg

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सातौ नगर सभाले कोरोना भाइरस वाट प्रभवित बनेका नगरवासीहरुको आयआर्जनमा टेवा दिन रोजगार मुलक कार्यक्रम गर्ने निति लिएको छ । कोरोना प्रभावित तथा अन्य बेरोजगार युवालाई स्वरोजगारको बाटो तर्फ उन्मुख गराउन  नगरपालिकाले एक प्रतिशत व्याजमा ऋणको व्यवस्था गर्ने भएको छ । बुधबार सातौ नगर सभाको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशिलता मार्फत स्वरोजगार बन्न चाहनेहरुलाई यो व्यवस्था गर्न लागेको जानकारी गराए । 

नगर प्रमुख श्रेष्ठले त्यसका लागि बैंक तथा सहकारी मार्फत कम्तीमा १ प्रतिशत व्याजमा कम्तिमा दुई बर्षसम्मका लागि दिने व्यवस्था गर्न लागेको बताए  । यसको कार्यविधि तत्काल बनाइने पनि उनले बताए । यस्तै बेकरी, ब्लक, जुत्ता बनाउने, सिलाई पसल, टपरी उद्योग सञ्चालन गर्न चाहनेका लागि ५० हजार अनुदानको व्यवस्था नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको श्रेष्ठले जानकारी गराए । 

उत्पादनमा आधारित अनुदान मार्फत माछा, खसीबोका मध्ये कुनै एक तथा तरकारी र फलफूल मध्ये कुनै एकमा अनुदान दिने नगर प्रमुख श्रेष्ठले घोषणा गरेका छन् । नगरको उपयुक्त स्थानमा सहकारी मार्फत कोसेली घर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने समेत बताइएके छ । 

नगरपालिका क्षेत्र भित्र फलफूल खेती विस्तारका लागि आँप÷लिची र कागती खेती गर्न इच्छुक कृषकलाई अनुदानमा फलफूलको विरुवा उपलब्ध गराउने योजना समेत सभामा पेश गरिएको छ । 
यस्तै व्यवसायिक पशु फार्म व्यवस्थापन प्रोत्साहन कार्यक्रम तर्फ अनुदान उपलब्ध गराउने, बैदेशिक रोजगारबाट फर्किएका युवाको अभिलेखिकरण तथा उद्यमशीलता प्रवद्र्धन, एक घर, एक करेसाबासी तथा एक गाउँ एक उत्पादनमा जोड, सिंचाईका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटनमा अनुदान, निरन्तर बजार अनुगमन लगायत नीति तथा कार्यक्रममा उल्लेख छन् । सभामा  उप प्रमुख मिरा थारुले सामाजिक क्षेत्रमा रुपान्तरण हुने गरी कार्यक्रमहरु तयार भएको र केही दिनमा अन्तिम रुप दिएर बजेट सार्बजनीकरण गरिने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ