arrow

पाकिस्तानमा जहाज दुर्घटनाको कारण मानवीय त्रुटी

logo
एएफपी,
प्रकाशित २०७७ असार १० बुधबार
pakistan-airlines-karachi.jpg

इस्लामावाद। पाकिस्तानमा गत महिना ९७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको कारण मानवीय त्रुटी भएको पाइएको एक प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ। सो जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सो जहाजको दुर्घटना विमान चालक र एयर कन्ट्रोलका बीचमा समन्वय नभएको र मानवीय त्रुटी भएका कारण यस्तो भएको पाइएको हो।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मानव बस्तीमै खसेको थियो। जसका कारण केही घर पनि ध्वस्त भएका थिए।  कराँची विमानस्थल नजिकैको बस्तीमा सो विमान खसेको थियो। त्यस विमानमा रहेकामध्ये ९७ जनाको ज्यान गएको र दुई जना भने बाँचेका थिए।

पाकिस्तानका हवाई उड्डयन मन्त्री गुलम सर्वर खानले उक्त विमानका चालक र हवाई कन्ट्रोलर अधिकारीले हवाई उड्डयन सम्बन्धी मापदण्ड पालना नगरेका कारण जहाज दुर्घटनाग्रस्त हुन पुगेको कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताएका छन्।

पाकिस्तानका हवाई अधिकारीका साथै फ्रान्सेली अधिकारीहरु संलग्न अनुसन्धान टिमले सो प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो। मन्त्री खानले उक्त विमानमा कुनै पनि प्राविधिक कारण नरहेको र अरु सबै पक्ष राम्रो देखिएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ