arrow

भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित, दिनानुदिन बढ्दो 

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
corona-india-ppe.jpg

काठमाडौं । भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार ८७० जना कोरोना संक्रमित थपिएका हुन् । 

यो अहिलेसम्मकै बढी हो । यसअघि मंगलबार १५ हजार ६५३ जना संक्रमित थपिएका थिए ।  अहिलेसम्म भारतमा कोरोना संक्रमित ४ लाख ७२ हजार ९८५ जना पुगेका छन् । 

पछिल्लो २४ घण्टामा १३ हजार ८९ जना संक्रमितलाई निको भएको छ । अहिलेसम्म निको हुनेहरु २ लाख ७१ हजार ६८८ पुगेका छन् । 

पछिल्लो २४ घण्टामा ४२४ जनाको ज्यान गएको छ । मंगलबार ४६८ जनाको ज्यान गएको थियो । त्यो संख्या दोस्रो उच्च थियो । गत हप्ता भने एकैदिन २ हजार ४ जनाको ज्यान गएको थियो । मृतकको संख्या अहिलेसम्म १४ हजार ९०७ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ३ हजार ८८९ जना संक्रमित थपिएर १ लाख ४२ हजार ८९९ जना पुगेका छन् । मृतक एकैदिन २०८ थपिएका छन् । जम्मा मृतक ६ हजार ७३९ पुगेका छन् । 

दिल्लीमा ३ हजार ७८८ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ७० हजार ३९० पुगेका छन् । मृतक ६४ थपिएर २ हजार ३६५ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ