arrow

पौने दुई अर्बको बजेट ल्यायो घोराही उपमहानगरपालिकाले 

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
Ghorahi_Upamahanagarpalika2.png

नारायणपुर । दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष ०७७–०७८ का लागि पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ । 

उपमहानगरपालिकाकोे सातौँ बुधबारको नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले रु एक अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट प्रस्तुत गरे । 
    
उपमहानगरले चालुतर्फ रु एक अर्ब आठ करोड ५७ लाख २२ हजार अर्थात् ५८ दशमलव ६० प्रतिशत र पूँजीगततर्फ रु ७६ करोड ६५ लाख ७१ हजार अर्थात ४१ दशमलव ४० प्रतिशत बजेट विनियोजन गरेको छ । उपमहानगरले १९ वडालाई रु ९० लाख विकास बजेट र रु १० लाख वडा कार्यालय व्यवस्थापनमा बजेट छुट्याएको छ । 

साथै कृषितर्फ रु दुई करोड ३९ लाख ३० हजार, पशुसेवातर्फ एक करोड १२ लाख ८० हजार, सहकारी र रोजगारतर्फ रु एक करोड ६२ लाख बजेट विनियोजन गरिएको छ । 
 
सडकतर्फ रु ५४ करोड छ लाख १८ हजार, पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासका लागि रु एक करोड ५४ लाख, विपद् व्यवस्थापनको लागि रु तीन करोड ११ लाख ५० हजार, विपन्न वर्गको विकासका लागि रु ७८ लाख र कानूनी सहायता कोषका लागि रु ११ लाख ३० हजार रकम उपमहानगरपालिकाले विनियोजन गरेको छ ।
    
त्यसैगरी, उपभोक्ताहित संरक्षणतर्फ रु ११ लाख ५० हजार, पर्यटन तथा संस्कृतितर्फ रु ७७ लाख, शिक्षा, युवा तथा खेलकूदतर्फ रु ५३ करोड ५६ लाख, स्वास्थ्यतर्फ कोरोना भाइरस रोकथामका लागि रु ११ करोड ३६ लाख, महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, लोपोन्मुख जातजाति, मुस्लिम महिलाको सशक्तीकरणका लागि रु ७६ लाख ३८ हजार बजेट विनियोजन भएको छ । 

सरसफाइतर्फ रु ७७ लाख २० हजार, विपद् एवं वातावरणतर्फ रु एक करोड साढे ३४ लाख, सूचना र सञ्चारतर्फ रु एक करोड ७३ लाख ८५ हजार र पूर्वाधारतर्फ साढे ३१ करोड विनियोजन गरिएको छ । 
    
त्यसैगरी घोराही उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानमा रु ३२ करोड ७२ लाख, राजस्व बाँडफाँट रु २१ करोड १२ लाख १० हजार ६००, शसर्त अनुदानतर्फ रु ६४ करोड सात लाख र सङ्घीय समपूरक अनुदानबाट रु ६२ लाख प्राप्त हुनेछ । 

प्रदेश सरकारबाट वित्तीय समानीकरणको रु ७९ लाख ७३ हजार, राजस्व बाँडफाँडबाट रु २ करोड ७१ लाख १९ हजार, शसर्त अनुदानमा रु सात करोड ६८ लाख ५० हजार र प्रदेश समपूरक अनुदानबाट रु तीन करोड बजेट प्राप्त हुनेछ भने त्यसबाट अपुग हुने रकम रु २७ करोड ४० लाख ४० हजार ४०० बैंक मौज्दात रहेको उपमहानगरपालिकाले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ