arrow

सप्तरीमा चट्याङ लागेर ४को मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार ११ बिहिबार
lighting-thundering.jpg

सप्तरी। सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने दुई  जना घाइते भएका छन्। विहिबार बिहानको समयामा वर्षासँगै परेको चट्याङ्ले ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जना गरी चारजनाको मृत्यु भएको हो। 

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महादेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय बेचन यादव र ४०वर्षीय छेदी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

यता, बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा ४६ वर्षीय केसी साहको चट्याङ् लागेर मृत्यु भएका जिल्ला प्रहरी सप्तरीले जानकारी दिएको हो। 

घाइते भएका केसी साहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने बित्तिकै मृत्यु भयो। बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डलको उपचार भइरहेका प्रहरीले जानकारी दियो। घाइते एक जना को नाम खुल्न बाकी रहेको छ।
 
यता, प्रदेश नम्बर दुई सरकारले चट्याङ् लागेर मृत्यु भएका लाई १/१ लाख  रुपैया राहत स्वरूप दिने घोषणा गरेका प्रदेश नम्बर दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ