arrow

भारतमा फेरि एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित

एकैदिन थपिए १८ हजार १८५ संक्रमित, महाराष्ट्र सबैभन्दा प्रभावित

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
corona-india-ppe.jpg

काठमाडौं । भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्ला केही दिनदेखि दिनानुदिन संक्रमितको रेकर्ड तोडिएको छ । बिहीबार भारतमा १८ हजार १८५ संक्रमित थपिएका छन् । 

यसअघि बुधबार १६ हजार ८७० जना कोरोना संक्रमित थपिएका थिए । जुन आफैमा रेकर्ड थियो ।  यसअघि मंगलबार १५ हजार ६५३ जना संक्रमित थपिएका थिए ।  
अहिलेसम्म भारतमा कोरोना संक्रमित ४ लाख ९१ हजार १७० जना पुगेका छन् । 

पछिल्लो २४ घण्टामा १३ हजार ९८३ जना संक्रमितलाई निको भएको छ । अहिलेसम्म निको हुनेहरु २ लाख ८५ हजार ६७१ पुगेका छन् । 

पछिल्लो २४ घण्टामा ४०१ जनाको ज्यान गएको छ । बुधबार ४२४ जनाको ज्यान गएको थियो । मंगलबार ४६८ जनाको ज्यान गएको थियो । त्यो संख्या दोस्रो उच्च थियो । गत हप्ता भने एकैदिन २ हजार ४ जनाको ज्यान गएको थियो । मृतकको संख्या अहिलेसम्म १५ हजार ३०८ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ४ हजार ८४२ जना संक्रमित थपिएर १ लाख ४७ हजार ७४१ जना पुगेका छन् । एकैदिन थपिएको यो सबैभन्दा बढी हो । अहिलेसम्म महाराष्ट्रमा ३ हजार भन्दा नाघेको थिएन । मृतक एकैदिन १९२ थपिएका छन् । जम्मा मृतक ६ हजार ९३१ पुगेका छन् । 

दिल्लीमा ३ हजार ३९० जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ७३ हजार ७८० पुगेका छन् । मृतक ६४ थपिएर २ हजार ४२९ पुगेका छन् । 

तमिलनाडुमा ३ हजार ५०९ थपिएर ७० हजार ९७७ जना पुगेका छन् । ४५ जना मृतक थपिएर ९११ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ