arrow

भारतले आफूहरुमाथि आक्रमण गर्ने कुरैशीको चिन्ता

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
shah-kuraisee-pakistani-for.jpg

काठमाडौं । पाकिस्तानले आतंकवादीहरुलाई स्थान दिएर भारतमा लागूऔषध फैलाउनसमेत मद्धत गरेको समाचार बाहिर आएको छ । 

पाकिस्तानले भारतलाई सबैभन्दा ठूलो शत्रु देख्छ । हुँकार ठूलो गरे पनि पाकिस्तान भारतसंग सदैव डराउँछ। यसपटक पनि त्यस्तै भएको छ । 

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले चीनसंगको तनाव भइरहँदा आफूहरुमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनको डरयुक्त भाषामा पनि ‘यदि त्यस्तो भए हामीले पनि जवाफ दिनेछौं’ भनी प्रतिक्रिया दिएका छन् । 

भारतले बुधबार दिल्लीमा भएका ५० प्रतिशत पाकिस्तानी कर्मचारीलाई हटाउने निर्णय गरेपछि विदेशमन्त्री कुरैशीको यस्तो प्रतिक्रिया आएको हो । 

भारतले ती उच्च अधिकारीहरुले जासुसी गरेको र आतंकवादीसंग सम्पर्क बढाएको आरोपमा हटाउने निर्णय गरेको थियो । 

यस सम्बन्धमा पनि आपत्ति जनाउँदै कुरैसीले ‘यदि यस्तो भए हामीले पनि भारतीय हाइकमिशनका कर्मचारीहरुलाई आफ्नो देश फर्कन भन्नेछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ