arrow

बाँके बर्दियाका ६ जना कोरोना संक्रमित थपिदा २३ निको भइ फर्किए घर

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार १३ शनिबार
banke-corona-discharge.jpg

बाँके। नेपालगन्जको भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा शनिवार बाँके र बर्दियाका ६ जना कोरोना संक्रमित थपिएका छन्।

बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका एक एक जना पुरुष, बर्दियाको मधुवन नगरपालिकाका २ पुरुष, ठाकुरबाबा नगरपालिकाका १ महिला र गेरुवा गाउँपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यो संगै बाँकेमा संक्रमितको संख्या ३ सय ५२ पुग्दा ३ सय ४ जना निको भएर फर्केका छन् । २ जनाको भने मृत्यु भएको छ ।

त्यस्तै बाँकेमा शनिवार थप १८ जना कोरोना संक्रमित निको भई घर फिर्ता भएका छन् । नेपालगन्जको आदर्शनगर आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेसन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट नेपालगन्जका १ तथा राप्तीसोनारीका २ जना निको भई घर फर्किएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

बाँकेमा कोरोना निको भई घर जानेको संख्या ३ सय ४ पुगेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट बर्दियाका ५ जना पनि निको भई घर गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ