arrow

अमेरिकासंगै ब्रजिल र युरोपतिर बढ्यो कोरोना संक्रमण, यस्तो छ १३ देशको अवस्था  

logo
प्रकाशित २०७७ असार १४ आइतबार
corona5.jpg

काठमाडौं । विश्वभर शनिबार १ लाख ७६ हजार ५६८ जना संक्रमित थपिएका छन् भने ४ हजार ५४७ जनाको ज्यान गएको छ । 

पछिल्लो समय फेरि कोरोनाको संक्रमण अमेरिका, ब्रजिल र युरोपतिर बढ्दै गएको छ । अमेरिकामा ४३ हजार ५८१ जना संक्रमित थपिएका छन् । 

अमेरिकामा अहिलेसम्म संक्रमित २५ लाख ९६ हजार ५३७ जना पुगेका छन् । मृतक १ लाख २८ हजार १५२ पुगेका छन् । पछिल्लो २४ घण्टामा ५१२ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको ब्रजिलमा संक्रमित १२ लाख १५ हजार ९४१ पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३५ हजार ८८७ जना थपिएका छन् । 

९९४ जनामृतक थपिएका छन् भने अहिलेसम्म ज्यान जाने ५७ हजार १०३ पुगेका छन् । 

तेस्रो स्थानको रसियामा ६ लाख २७ हजार ६४६ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ८५२ जना थपिएका छन् । मृतक १८८ थपिएर ८ हजार ९६९ पुगेका छन् । 

चौथो भारतमा पछिल्लो २४ घण्टामा २० हजार १३२ जना कोरोना संक्रमित थपिएका छन् । ५ लाख २९ हजार ५७७ संक्रमित पुगेका छन् । ४१४ जना मृतक थपिएर ज्यान जानेको संख्या १६ हजार १०३ पुगेको छ । 

पाँचौ स्थानको बेलायतमा ८९० नयाँ संक्रमित थपिएर ३ लाख १० हजार २५० पुगेका छन् । मृतक १०० थपिएर ४३ हजार ५१४ पुगेका छन् । 

छैटौं स्थानको स्पेनमा ५६४ नयाँ संक्रमित थपिएर २ लाख ९५ हजार ५४९ पुगेका छन् । मृतक ३ थपिएर २८ हजार ३४१ पुगेका छन् । स्पेनमा नियन्त्रण नजिक पुगेर पनि फेरि संक्रमित थपिन पुगेका हुन् । 

सातौं स्थानको पेरुमा ३ हजार ६२५ जना संक्रमित थपिएर २ लाख ७५ हजार ९८९ पुगेका छन् । मृतक १९६ थपिएर ९ हजार १३५ पुगेका छन् । 

आठौं स्थानको चिलीमा ४ हजार ४०६ जना संक्रमित थपिएर २ लाख ६७ हजार ७६६ पुगेका छन् । मृतक २७९ थपिएर ५ हजार ३४७ पुगेका छन् । 

नवौं स्थानको इटालीमा १७५ जना संक्रमित थपिएर २ लाख ४० हजार १३६ पुगेका छन् । ८ जना मृतक थपिएर ३४ हजार ७१६ जना पुगेका छन् । 

दशौं इरानमा २ हजार ४५६ जना संक्रमित थपिएर २ लाख २० हजार १८० पुगेका छन् । मृतक १२५ थपिएर १० हजार ३६४ पुगेका छन् । 

११ औं मेक्सिकोमा ५ हजार ४४१ थपिएर २ लाख ८ हजार ३९२ पुगेका छन् । मृतक ७१९ थपिएर २५ हजार ७७९ पुगेका छन् । 

१२ औं पाकिस्तानमा ३ हजार १३८ थपिएर संक्रमित १ लाख ९८ हजार ८८३ पुगेका छन् । मतक ७३ थपिएर ४ हजार ३५ पुगेका छन् । 

१३ औं टर्कीमा १ हजार ३७२ जना संक्रमित थपिएर १ लाख ९५ हजार ८८३ पुगेका छन् । मृतक १७ थपिएर ५ हजार ८२ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ