arrow

रक्षा सचिव चौधरीको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असार १५ सोमबार
covid-test-corona.jpg

ढाका । बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ । उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । 

बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए । उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए । 

बंगलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ