arrow

चीनमा कोरोनाको संक्रमणसंगै ‘सुंगुर फ्लु’ को खतरा

सन् २००९ मा विश्वभर फैलिएको ‘स्वाइन फ्लु’ को जस्तै लक्षण रहेको फ्लुले महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुको चेतावनी

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
corona-swine-flue.jpg

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणसंगै नयाँ फ्लु पनि देखिएको छ । चिनियाँ वैज्ञानिकहरुका अनुसार कोरोनाले बेइजिङमा नयाँ रुप लिँदै गर्दा नयाँ फ्लु भेटिएको हो । 

सुंगुरबाट मानिसमा फैलिने ‘सुंगुर फ्लु’ फैलिएको वैज्ञानिकहरुले बताएका हुन् । यो फ्लु सन् २००९ मा विश्वभर फैलिएको ‘स्वाइन फ्लु’ जस्तै रहेको पनि बताइएको छ ।

वैज्ञानिकहरुले चेतावनीसमेत दिएका छन् कि यो एक मानिसबाट अर्कोमा फैलन सक्नेछ र यो विश्वव्यापी पनि हुन सक्छ । 

यसका बारेमा सूक्ष्म अध्ययन भइरहेको भन्दै वैज्ञानिकहरुले यो तत्कालैको समस्या भने नभएको बताएका छन् । 

कोरोनाको कहर उत्तिकै 
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कहर अझै चीनमा छ । विश्वलाई नै कोरोनाले ध्वस्त पारेको अवस्थामा चीनमा नियन्त्रणमा आइसकेको भनिए पनि बेइजिङमा फैलिरहेको बताइन्छ । 

पछिल्ला केही दिनदेखि नियमित जसो नयाँ संक्रमित देखिएका छन् । चीनले राजधानी बेइजिङ नजिकै संक्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ।

यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो।  दोस्रो लहर फैलिन नदिन त्यहाँका स्वास्थ्य अधिकारीहरू थोरै सङ्क्रमणलाई पनि गम्भीरतापूर्वक लिइरहेको बताइन्छ । खबेमा अधिकारीहरूले आक्सिन क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा रखिने बताएका थिए। 

चीनले कोरोना भाइरसको उपचार गर्न परम्परागत विधि र औषधि पनि अघि सार्दै गरेको बताइएको छ । बेइजिङमा संक्रमणको दोस्रो लहरको त्रासबाट मुक्त पाउन अत्यावश्यक सेवाका कर्मचारीहरू मात्रै घरबाट निस्किन पाउँछन् भने एउटा घरबाट एक जनामात्रै दिनमा एक पटक अत्यावश्यक किनमेल गर्न बाहिर जान पाउँछन्।

कुनै पनि घर वा समुदाय वा गाउँमा बाहिरको मान्छेको प्रवेश निषेध गरिएको छ र त्यो नियम पालना नगर्नेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।

आक्सिन बेइजिङबाट १५० किलोमिटर दक्षिणमा रहेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँ गएको दुई हप्तामा १८ जनामा सङ्क्रमण फेला परेको थियो।

चीनमा ८३ हजार ५१२ जनालाई कोरोना लागेकामा ४ हजार ६३४ जनाको ज्यान गएको छ । अहिले ४१८ जना कोरोना संक्रमित बाँकी छन् । बाँकीको छिनोफानो भएको छ ।

७८ हजार ४६० लाई निको भएको छ । सोमबार १२, आइतबार १७ र शनिबार २१ जना नयाँ संक्रमित चीनमा देखिएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ