arrow

भारतमा कोरोना संक्रमित बढेको बढ्यै, मृतक २४ घण्टामा दोस्रो उच्च 

logo
प्रकाशित २०७७ असार १७ बुधबार
corona-india-karnaak.JPG

काठमाडौं ।  भारतमा पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । मंगलबार १८ हजार २५६ जना संक्रमित फेला परेका छन् ।

यसअघि सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ८५ हजार ७९२ पुगेका छन् । 
निको हुने पछिल्लो २४ घण्टामा १२ हजार ५६५ पुगेका छन् । अहिलेसम्म निको हुने ३ लाख ४७ हजार ८३९ पुगेको छ । 

निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख २० हजार ४७७ जना रहेका छन् । 

मृतकको संख्या १७ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा ५०६ मृतक थपिएका छन् । यो दोस्रो उच्च हो । अहिलेसम्म एकै दिन २ हजार ४ जनाको मृत्यु भएको थियो । त्यसपछि मंगलबारको संख्या दोस्रो हो । 

कुन राज्यमा कस्तो ? 
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८७८ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ७४ हजार ७६१ पुगेको छ । मृतक २४५ थपिएर ७ हजार ८५५ पुगेको छ । 

तमिलनाडुमा ३ हजार ९४३ थपिएर ९० हजार १६७ पुगेको छ । मृतक ६० थपिएर १ हजार २०१ पुगेको छ । 

दिल्लीमा २ हजार १९९ नयाँ संक्रमित  थपिएर ८७ हजार ३६० पुगेका छन् । मृतक ६२ थपिएर २ हजार ७४२ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ