arrow

१६ मिनेटको भाषणमा नरेन्द्र मोदीले के भने ? 

logo
प्रकाशित २०७७ असार १७ बुधबार
narendra-modi1.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा संवोधन गरेका छन् । उनले सम्वोधनका क्रममा एक नयाँ घोषणा गरेका छन् । त्यो हो गरिब र मजदूरहरुको लागि सम्वोधन । 

उनले गरिब कल्याण अन्न योजनाको विस्तार अब नोभेम्बर महिनाको अन्तिमसम्म दिने बताए । ८० करोड मानिसलाई सित्तैमा अन्न दिने यो योजना गरीव परिवारलाई हरेक महिना प्रत्येक सदस्यका लागि ५ किलो गहुँ या चामल र प्रति परिवार एक किलो दाल दिने रहेको छ । 

मोदीले अक्टुबर–नोभेम्बरमा बिहारमा विधानसभा चुनाव हुने बताएका छन् । छठ पूजा २० र २१ नोभेम्बरमा हुनेछ । सबैभन्दा बढी प्रवासी मजदूर बिहारका हुन् । 

लकडाउनका कारण उनीहरुको काम खोसिएको छ । करिब ३२ लाख बिहारी मजदूर बिहार फर्केका छन् । उनले दशैंदेखि तिहारसम्म अनि छठ पूजासम्म गरी १२ पर्वका नामसमेत लिएका छन् । 

छैटौं सम्वोधन
कोरोना भाइरसको सन्दर्भमा उनले छैटौं पटक सम्वोधन गरेका हुन् । उनले गत मार्च १९ मा पहिलो संवोधनका क्रममा जनता कर्फ्युको घोषणा गरेका थिए । 

मार्च २४ को दोस्रो संवोधनमा २१ दिन लकडाउन गरेका थिए । अप्रिल ३ मा गरिएको तेस्रो संवोधनमा उनले दीपबत्ती बाल्न अपिल गरेका थिए । 

अप्रिल १४ को संवोधनमा उनले लकडाउन–२ को घोषणा गरेका थिए । १२ मेमा उनले २० लाख करोड भारुको आर्थिक प्याकेजको घोषणा गरेका थिए भने लकडाउन ४.० को घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ