arrow

कोरोनाको पारदर्शीतामा सी जिङपिङको प्रतिबद्धता खोक्रो रहेको अमेरिकाको आरोप

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
USA-flag.png

काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोनाको पारदर्शितामा चीनले आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै आलोचना गरेका छन्। चीन-अफ्रिका सम्मेलनमा चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको विषयलाई पारदर्शी ढंगले बताउने प्रतिबद्धता गरे पनि आफ्नो परिबद्धतामा असफल भएको विदेशमन्त्री पोम्पेओले आरोप लगाएका हुन्। 

चीनबाट सुरु भएको कोरोना भाइरसबाट विश्वमा चार लाख मानिसहरुको मृत्यु भइसकेको उल्लेख गर्दै पोम्पेओले चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नै प्रतिबद्धतामा असफल भएको भन्दै आलोचना गरेका हुन्।

उनले राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले मानिसको जीवनलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै कोरोनासम्बन्धी वास्तविकतालाई चीनले लुकाएको आरोप समेत लगाए।

पोम्पेओले भने, "गत साताको चीन-अफ्रिका सम्मेलनमा हामीले खोक्रो प्रतिबद्धताहरु मात्रै सुन्यौं। राष्ट्रपति सीले सधैं आफूले मानिसको जीवनलाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताएका थिए। तर, उनी वास्तविक पारदर्शीता र जिम्मेवारी लिन चुकेका छन्।"

उनले मानिसको जीवन प्राथमिकतामा राख्‍ने बताए पनि विश्वमा लाखौं मानिसहरुको मृत्यु भइसक्दा पनि घातक कोरोना भाइरसको वास्तविकताका बारेमा नबताएको भन्दै राष्ट्रपति सीप्रति आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएको जिम्मा चीनले लिनुपर्ने बताउँदै आएका छन्। विदेशमन्त्री पोम्पेओले पनि यसलाई 'चिनियाँ भाइरस' को संज्ञा दिएका छन्।

पोम्पेओले अमेरिका कोरोनाको चुनौती सामना गर्नका लागि अफ्रिकासँगै उभिने र जनस्वास्थ्यका क्षेत्रमा एक सय बिलियन अमेरिकी डलर सहयोग गरेकोसमेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ