arrow

चीनको निशानामा हङकङका विद्यालय

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
hongkong-school.jpg

हङकङ। आफ्नो नीति लागु गराएर हङकङलाई पूर्णरुपमा नियन्त्रणमा लिन चीनले विद्यालयलाई निशाना बनाएको छ। चीनले विगत लामो समयदेखि हङकङका विद्यार्थीको 'ब्रेनवास' गर्न विभिन्‍न रणनीति अपनाएको पाइएको हो।

हङकङ फ्रि प्रेसले चीनको नीति लागु गराउनका लागि विद्यालय अर्को रणभूमि बनेको जनाएको छ। गत वर्षको आन्दोलनमा पक्राउ परेका आठ हजार ९८१ प्रदर्शनकारीमध्ये ४० प्रतिशत विद्यार्थी रहेका थिए। जसमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थी रहेका छन्। प्रहरीको तथ्यांक अनुसार पक्राउ परेका विद्यार्थीमध्ये आठजना प्राथमिक तहका विद्यार्थी थिए।

हङकङमा सुरु भएको आन्दोलनमा सुरुदेखि नै युवा पुस्ताको सहभागीता बढी थियो। हङकङमा उठिरहेको प्रजातन्त्रको मागलाई दबाउनका लागि चीनले पछिल्लो समय राष्ट्रिय सुरक्षा कानुन ल्याएको छ। हङकङका शिक्षा प्रमुख केभिन युङका अनुसार विद्यार्थीहरुलाई कुनै पनि किसिमका विरोधका गतिविधिहरुमा सहभागी गराइने छैन । तर, यस कानुनविरुद्ध शिक्षकहरु नै उत्रिएका छन् र विद्यार्थीहरुले पनि कानुनविरुद्ध प्रदर्शन गरिरहेका छन्।

यद्पि विद्यार्थीमाथि चिनियाँ प्रतिवाद नयाँ भने होइन। सन् १०१२ मा जोसआउ वाङ ची-फुङ नाम गरेका एक किशोरले शिक्षा व्युरोको नैतिकता र राष्ट्रिय शिक्षा पाठ्यक्रमको अभियान चलाएका थिए। यो चिनियाँ कम्युनिस्ट पार्टीको अभियानकर्ता बनाउने चीनको एक प्रयास भएको बताइएको थियो। 

चीन सरकारले हङकङको शिक्षा प्रणालीलाई नै आफ्नो नीति कार्यान्वयनको थलो बनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका नीतिहरु नै पाठ्यक्रममा समावेश गरिने गरेका छन्। हङकङ सरकारलाई एक कठपुतलीको मात्र रुपमा बेइजिङले प्रयोग गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ