arrow

चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतको ठहर

logo
एजेन्सी,
प्रकाशित २०७७ असार १८ बिहिबार
kenya-railway-china.jpg

काठमाडौं। केन्याले चीनसँग गरेको तीन अर्ब २० करोड अमेरिकी डलरको रेलवे सम्झौता केन्याको अदालतले अवैध भएको ठहर गरेको छ। केन्या सरकार र चाइना रोड एन्ड ब्रीज कर्पोरेशनबीच भएको सम्झौता अवैध भएको ठहर गरिएको हो।

केन्या रेलवेले मुलुकको कानुनको उल्लंघन गर्ने बिआरआई अन्तर्गतको अर्बौं लगानीको परियोजना गर्दा मुलुकको आधारभूत कानुको उल्लंघन गरेको अदालतको ठहर छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकारकर्मी ओकिया ओमताह र केन्या कानुनी समाजले संयुक्तरुपमा यसविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरेका थिए। उनीहरुले उक्त रेलवे सम्झौतामा आएको रकम लगानी गरि रेलवे निर्माण कार्य रोक्‍न माग गर्दै मुद्दा दायर गरेका थिए। अदालतले रेलवे सार्वजनिक परियोजना भएकोले यसको प्रक्रिया निष्पक्ष, प्रतिस्पर्धी र पारदर्शी हुनुपर्ने बताएको छ। 

सन् २०१४ मा सीआरबीसीले केन्याको मोम्बासा बन्दरगाहदेखि नैरोबीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो। त्यसपछि चिनियाँ कम्युनिकेशन कन्सट्रक्सन कम्पनीले नैरोबीदेखि नैभाषासम्म रेलमार्ग निर्माणका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको अर्को परियजना बनाउने सम्झौता गरेको थियो। 

दुबै परियोजना सम्पन्‍न भएर सञ्‍चालनमा आइसकेका छन् । उक्त रेलवेले कमाउने रकम केन्या सरकारलाई नबुझाएको भन्दै सांसदहरुले प्रश्‍न उठाएका थिए। केन्यास्थित चिनियाँ दूतावासले केन्या सरकारले रेलमार्ग निमार्णका लागि लगानी भएको रकम फिर्ता गरिनसकेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ