arrow

एकैदिन बढे दुई लाख नौ हजार कोरोना संक्रमित, मृतक पाँच हजार डेढ सय

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
corona5.jpg

काठमाडौं । गत डिसेम्बरको अन्त्यदेखि देखिन थालेको कोरोना भाइरस (कोभिड–१९) मा सातौं महिनामा आइपुग्दा सबैभन्दा बढी संक्रमित देखिएका छन् । 

एकैदिन बिहीबार २ लाख ८ हजार ८६४ जना संक्रमित देखिएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । 

सबैभन्दा बढी अमेरिकामा ५७ हजार २३६, ब्रजिलमा ४७ हजार ९८४, भारतमा २१ हजार ९८४, दक्षिण अफ्रिकामा ८ हजार ७२८, रुसमा ६ हजार ७६० र मेक्सिकोमा ५ हजार ६८१ जना संक्रमित थपिएका छन् । 

मृतक 
मृतक ५ हजार १५५ जना थपिएका छन् । सबैभन्दा बढी ब्रजिलमा १ हजार २७७ जना संक्रमित थपिएका छन् । मेक्सिकोमा ७४१, अमेरिकामा ६८७, भारतमा ३७७, पेरुमा १८५, कोलम्बियामा १७१, चिलीमा १६७, इरानमा १४८ जना मृतक थपिएका छन् । 

कति पुगे संक्रमित र मृतक ? 
विश्वभर १ करोड ९ लाख ८२ हजार २३६ जना संक्रमित पुगेका छन् । मृतक ५ लाख २३ हजार ९४७ पुगेका छन् । अहिलेसम्म ६१ लाख ३९ हजार ६११ जनालाई निको भएको छ । 

अहिले ४२ लाख ६० हजार ५४४ जना संक्रमित रहेका छन् । तीमध्ये ५८ हजार १३४ जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको छ । 

निको हुने र मृत्यु हुनेको प्रतिशत हेर्दा ९२ प्रतिशतलाई निको भएको छ भने ८ प्रतिशतको ज्यान गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ