arrow

भारतमा किन बढे कोरोना संक्रमित, हरेक दिन नयाँ उचाइमा 

logo
प्रकाशित २०७७ असार २० शनिबार
corona-india5.JPG

काठमाडौं ।  भारतमा हरेक दिन कोरोना संक्रमित अघिल्लो दिनको तुलनामा बढ्दै गएका छन् । बुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् । 

पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । शुक्रबार २२ हजार ७२१ जना संक्रमित थपिएका छन् । यो सबैभन्दा बढी हो । बिहीबार २४ घण्टामा त्यतिन्जेलको सबैभन्दा बढी २१ हजार ९४७ जना कोरोना संक्रमित थपिएका थिए । 

यसअघि बुधबार १९ हजार ४२८ जना , मंगलबार १८ हजार २५६, सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा दोस्रो सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए । 

अहिलेसम्म कोरानाबाट संक्रमित हुने भारतमा ६ लाख ४९ हजार ८८९ जना पुगेका छन् । कोरोनाबाट निको हुने पछिल्लो २४ घण्टामा १४ हजार ४१७ पुगेका छन् । यसअघि बिहीबार अहिलेसम्मकै बढी १९ हजार ९९९ पुगेका थिए । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुने ३ लाख ९४ हजार ३१९ पुगेका छन् ।  

निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख ३६ हजार ८३५ जना रहेका छन् । 

भारतमा परीक्षण बढी गरिएका कारणले पनि संक्रमित बढेको बताइन्छ । भारतले अधिक भन्दा अधिक परीक्षण गररहेको हो । 

मृतकको संख्या १८ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४४ मृतक थपिएका छन् । 

कुन राज्यमा कस्तो 
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३६४ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ९२ हजार ९९० पुगेको छ । मृतक १९८ थपिएर ८ हजार ३७६ पुगेका छन् । 

तमिलनाडुमा ४ हजार ३२९ थपिएर १ लाख २ हजार ७२१ पुगेको छ । मृतक ६४ थपिएर १ हजार ३८५ पुगेका छन् । 

दिल्लीमा २ हजार ५२० नयाँ संक्रमित  थपिएर ९४ हजार ६९५ पुगेका छन् । मृतक २ हजार ९२३ पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ