arrow

दक्षिण चीन सागरमा युद्धाभ्यास रोक्न फिलिपिन्सले दियो चीनलाई चेतावनी

युद्धाभ्यास नरोके गम्भीर परिणाम भोग्ने चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २० शनिबार
china-protest-philipines.jpg

काठमाडौं। दक्षिण चीन सागरमा युद्धाभ्यास जारी राखेको चीनलाई आफ्नो गतिविधी नरोके गम्भीर परिणाम भोग्नु पर्ने भन्दै फिलिपिन्सले चेतावनी दिएको छ। 

विवादित दक्षिण चीन सागरमा चीनले सैन्य अभ्यास जारी राखेमा गम्भीर प्रतिक्रिया जनाउने फिलिपिन्सले चेतावनी दिएको हो। फिलिपिन्सका विदेश सचिवका अनुसार चीनको पीपुल्स लिबरेशन आर्मी १ जुलाईदेखि पेरासेल द्वीप समूहको बाहिरी भागमा सैन्य अभ्यास गरिरहेको छ।

फिलिपिन्सका विदेश सचिव तियोदोरो लोक्सिन जूनियरले शुक्रवार चीनलाई चेतावनी दिदै यदि चीनले विवादित दक्षिण चीन सागरमा सैन्य अभ्यास जारी राखेमा 'गंभीर प्रतिक्रिया' जनाउने बताएका हुन्। 

चीन विवादित दक्षिण चीन सागरको पेरासेल द्वीप समूहको बाहिरी भागमा जुलाई १ बाट सैन्य अभ्यास गरिरहेको छ भने चिनियाँ समुद्री अधिकारीहरुले सबै जहाजलाई युद्धाभ्यास भइरहेको क्षेत्रतिर जानबाट रोक लगाइरहेका छन्। 

विदेश सचिव लोक्सिनले भियतनामले दावी गर्दै आएको पेरासेल क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दै आएको उल्लेख गर्दै फिलिपिन्सको जल क्षेत्रमा पनि अतिक्रमणको कोशिश नगर्न चेतावनी दिएका हुन्। यद्यपी उनले चीनको व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्। 

विदेश सचिव लोक्सिनले फिलिपिन्सको क्षेत्रमा चीनले सैन्य अभ्यास गर्न खोजे कूटनीतिक र अन्य उचित माध्यमबाट जवाफ दिइने बताए। 

सन् २०१६मा रोड्रिगो डुटर्टे राष्ट्रपति बनेपछि दुई देशबीच सम्वन्धमा सुधार आएपनि क्षेत्रीय विवादमा चीनका बिरुद्ध यो फिलिपिन्सका तर्फबाट आएकव यो बर्षकै सबैभन्दा कडा चेतावनी हो।

चिनियाँ तटरक्षक जहाजसँगै पेरासेल द्वीप समूहमा आठ माझीहरु सहितको डुङगा डुबेपछि भिएतनाममा अप्रिलमा विरोध-प्रदर्शन भएको थियो। सो समयमा फिलिपिन्सले भिएतनामको समर्थन जनाउँदै समुद्रको ठूलो भागलाई समेटेर चीनले घोषणा गरेको नयाँ प्रादेशिक जिल्लाका विरोध गरेको थियो।

लोक्सिनले फिलिपिन्स चीनलाई आफ्नो निकट तथा सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा हेर्न चाहन्छौ। तर द्विपक्षीय तनावबाट बच्नेन तथा अन्तराष्ट्रीय कानूनलाई मध्यनजर गर्दै चीनले जिम्मेवारी निभाउन आवश्यक रहेको उनले प्रष्ट पारेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ