arrow

पाकिस्तानमा कोरोना भाइरसबाट २ लाख २५ हजारभन्दा बढी संक्रमित

logo
एएनआई,
प्रकाशित २०७७ असार २० शनिबार
corona-pakistan.jpg

इस्लामाबाद। पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेकोे छ। कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन्। पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन्। सिन्ध प्रान्तमा ९० हजार ७२१ जना संक्रमित भएका छन् । त्यसैगरी पञ्जाब प्रान्तमा ८० हजार ७२१ जनामा कोरोना संक्रमण भएको छ।

यसैबीच इस्लामाबादमा थप १६३ जनामा कोरोना भाइरस संक्रमण भएको र दुइ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले शुक्रबार कोभिड-१९ परीक्षण गरेको र पोजेटिभ भएको घोषणा गरेका छन्। उनीले घरबाटै आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गरेको बताइएको छ।

‘आज दिउँसो मैले हल्का ज्वरो महसुस गरेँ र तुरुन्तै घरबाट अलग भएर बसेको छु। मैले अहिले कोभिड-१९ परीक्षण गरिसकेँ, अल्लाहको अनुग्रहले म कडा र ऊर्जावान भएको छु–’ उनले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ