arrow

पाकिस्तानका विदेश मन्त्री कुरेशीलाई कोराना सङ्क्रमण

logo
एएनआई,
प्रकाशित २०७७ असार २० शनिबार
foreignr-minister-shah-mehmood-qureshi.jpg

इस्लामावाद। पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन्। कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्ने भएका छन्।

“शुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ। विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ