arrow

शनिबार अहिलेसम्मकै उच्च संक्रमित, आइतबार कति पुगे ?

logo
प्रकाशित २०७७ असार २१ आइतबार
corona-world.jpg

जेनेभा । विश्वमा कोभिड–१९ संक्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।  डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी संक्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा संक्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा संक्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस संक्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । 

संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति संक्रमित रहेका छन् ।

रूसमा संक्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ संक्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० संक्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ संक्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ संक्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा संक्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।

यसबाहेक बढी संक्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ