arrow

अन्तर्राष्ट्रिय परिदृश्यमा बेइजिङको स्थिती कमजोर बन्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २१ आइतबार
china-beijing.jpg

काठमाडौं। पूर्वी लद्दाखमा चीन र भारतबीच झडप भएपछि यसको अन्तराष्ट्रिय स्तरमा समेत प्रभाव बढेको छ। खासगरि भारतलाई अमेरिका यूरोपका देशहरु अष्ट्रेलिया जापानले साथ दिएपछि चीन अन्तराष्ट्रियस्तरमा घेरावन्दीमा परेको झै देखिएको छ। विश्वका धेरै जसो मूलुकहरुले चीनप्रतिको दृष्टिमा परिवर्तन गरेका छन्। पछिल्लो ४८ घण्टामा मात्रै निकै रोचक घटनाहरु घटेका छन्। भारतको पक्षमा धेरै मूलुकहरुले विभिन्न सहयोगि कदम चालेका छन्।

फ्रान्सले भारतलाई सैन्य सहयोग गर्ने घोषणा गरेको छ। फ्रान्स पहिलो देश बनेको छ, जस्ले भारतलाई सैन्य सहयोग गर्नका लागि अफर गरेको हो। त्यस्तै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा कराची आक्रमण घटनाको विषयमा अमेरिका र जर्मनीले चीनको कदमलाई भीटो प्रयोग गर्दै रोकेको छ। सन् २०१४ मा पाकिस्तानको कराचीमा १० आक्रमणकारीहरुले आत्मघाती आक्रमण गरेका थिए। पाकिस्तानले सो घटनाको आरोप भारतलाई लगाएको थियो।

त्यस्तै पहिलो पटक भारतले संयुक्त राष्ट्र मानवधिकार परिषद्मा ‘एक चीन नीति’को अस्विकार गरेको छ। हङकङमाथि लागु गरेको राष्ट्रिय सुरक्षा कानुनलाई उदृत गर्दै भारतले एक चीन नीतिको मान्यता अस्विकार गरेको हो। हङकङ र चीन दुईटा राज्य छन् भन्ने भन्ने धारणाको विपरित एक चीन निती भनेको चीनको नाममा एकमात्रै सार्वभौम राष्ट्र छ भन्ने हो।

त्यस्तै चिनियाँ जासुसहरुका विरुद्ध राष्ट्रिय सुरक्षालाई प्राथमितामा राखि भारतले टिकटकमा प्रतिबन्ध लगाएको घटनाको अमेरिकाले प्रशंसा गरेको छ। त्यस्तै बेलायतले हङकङका झण्डै ३० लाख मानिसहरुलाई ५ वर्षसम्म बेलायतमा बस्न सक्ने अफर गरेको छ। त्यसपछि उनीहरुलाई नागरिकता दिइने बताएको छ। अमेरिकाले विश्वकै ठूलो मोबाइल एवं टेक कम्पनी हुवावे माथि प्रतिबन्ध लगाएको छ।

कम्युनिस्ट पार्टीसँगको सम्बन्धका कारण हुवावेमाथि प्रतिबन्ध लगाएको हो। स्थिती यति धेरै अघि बढीसकेको छ, कि चीनमा गोली हान्नका लागि भारतभन्दा बढी पश्चिमी मूलुकहरु आतुँर रहेका छन्। यसबीचमा पश्चिमी विश्लेषकहरुले केसम्म भनेका छन् भने, ‘भारतले दशकौंपछि चीनविरुद्ध आफ्नो किक हान्न सक्ने सार्मथ्य गरेको छ, जुन प्रशंसनिय छ।’ यो भन्दा पनि रोचक विषय के छ भने भारतले तत्कालै रसियासँग किनेको एस ४०० मिसाइलकाविरुद्ध चीनले गरेको गुनासोलाई रसियाले टेरेको छैन्।

रसियाले एकवर्षभित्रै एस ४०० मिसाइल सिस्टम भारतमा पुर्याउने भएको छ। २०२० को जुनमा भएको यो एक उल्लेखनिय काम हो। छिट्टै हतियार भारतलाई दिन थालेको भन्दै बेइजिङले मस्कोलाई ठूलो दबाब दिइरहेको थियो। यद्यपी रसियाले चीनको दबाबलाई मतलब नदिँदै छिट्टै हस्तान्तरण गर्ने भएको छ। यसले पछिल्लो परिवर्तित चीनतर्फको रसियन दृष्टीलाई पुष्टि गर्छ।

चीनसँग सहकार्य गरिरहेको पाकिस्तानलाई युरोपेली आयोगले ६ महिनाका लागि उडान प्रतिबन्ध गरेको छ। यसरी पछिल्ला घटनाक्रमहरुलाई नियाल्ने हो भने चीनले आफ्नो स्थितीलाई सुधार्न निकै नै कसरत गर्नुपर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ