arrow

चीनसँगको सम्वन्ध पाकिस्तानलाई महंगो पर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २१ आइतबार
china-pakistan-flag.jpg

इस्लामावाद। विश्व राजनीतिमा आएको उतारचढावका बीच पाकिस्तानलाई चीनसँगको नीति पुनरावलोकनको लागि दबाब परेको छ। पूर्वी लद्दाखमा चीन र भारतबीचको संघर्षका कारण चीन–पाकिस्तान नीतिमाथि हेरफेर गर्न पाकिस्तान सरकारभित्रै दबाब बढेको हो।

गोप्य रुपमा बाहिरिएको सूचना अनुसार, पाकिस्तानको विदेश मन्त्रालयले प्रधानमन्त्री इमरान खानलाई चीनसँगको सम्बन्धमा फेरबदल गर्न भनेको छ। नत्र पाकिस्तान विश्वसमुदायबाट एक्लिने र भयानक स्थितीमा पुग्न सक्ने खतरामा रहेको जनाइएको छ। पाकिस्तानले विश्वशक्तिहरुको क्रोधको सामना गर्नुपर्नेछ। जुन पाकिस्तानका लागि निकै महँगो सावित हुनसक्छ।

कोभिड–१९ को महामारीका बेला चीन र भारतका सेनाबीच भएको झडप पछि अमेरिका नेतृत्वको विश्व विश्वसमुदाय चीनलाई अलग्याउने तयारीमा लागेको छ। पाकिस्तानले पनि सोहि नतिजा भोग्नुपर्ने खतरा रहेको उसको विदेश मन्त्रालय स्रोतले जनाएको हो।

पाकिस्तानले चीनलाई कतिसम्म आँखा चिम्लेर समर्थन गरिरहेको छ भन्ने कुराको संकेत युरोपेली आयोग (ईयु) को निर्णयले गरेको छ। युरोपेली आयोगले ६ महिनासम्म युरोपका कुनै पनि देशमा उडान गर्न नपाउने गरि पाकिस्तानी एयरलाइन्समाथि प्रतिबन्ध लगाएको छ।

पाकिस्तानले सक्नेजति बिन्ति बिसाए पनि ईयुले पाकिस्तानको कुरा अस्विकार गरेको छ। भारतसँगको तनावपछि युरोपेली राष्ट्रहरुले चीनलाई कुटनीतिक रुपमा अलग्याउन थालेका छन्। यसबीच चीनसँगको सम्बन्धका कारण पाकिस्तानी अधिकारीहरु इस्लामावादमा जनमतको क्षति व्यहोर्न पर्न सक्नेप्रति सचेत छन्।

पहिले नै पाकिस्तानी नागरिकहरु चीनप्रति रोष प्रकट गर्छन। विशेष गरी चीनसँगको सिमाना क्षेत्रमा रहेका गिलगित–बल्टिस्तानका मानिसहरु चीनको दमन सहेर बसेका छन्।

चीन र पाकिस्तानको आर्थिक करिडोरका रुपमा रहेको सो क्षेत्रमा पाकिस्तानी स्रोतहरुमाथि चीनले शोषण गरिआएको स्थानियहरुको बुझाई छ। यसबाहेक सो क्षेत्रमा चिनियाँ कामदाहरुले सस्तो पैंसामै काम गरिदिने हुँदा स्थानीयहरुले रोजगारी एवं मजदुरीको अवसर समेत गुमाएका छन्। चीनले आफ्ना समानहरुको बजारीकरण गर्दा त्यहाँका स्थानीय स्रोत साधनहरु कामविहीन बनेका छन्।

चीनको यस्ता गतिविधिहरुले पाकिस्तानी नागरिकहरु चीनप्रति रुष्ट देखिएका छन्। पछिल्लो केहि बर्षयता पाकिस्तानको चीनप्रति झुकाव अझ बढ्दै गएको छ। 
सीमा क्षेत्रका पाकिस्तानी नागरिकहरु चिनियाँ सभ्यताको दबाबमा पर्ने डरमा समेत रहेका छन्। त्यस्तै चिनियाँ सरकारले मुस्लिम समुदायमाथि क्रुर व्यवहार देखाउने गरेका समाचारहरु समेत बाहिर आइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ