arrow

भारतमा कोरोना संक्रमण भयावह, रुसलाई पनि पछि छाड्यो

logo
प्रकाशित २०७७ असार २२ सोमबार
corona-india8.JPG

काठमाडौं । भारतमा कोरोना संक्रमण निकै भयावह स्थितिमा पुगेको छ । शुक्रबार २२ हजार ७२१, शनिबार २४ हजार १५ नयाँ संक्रमित थपिएकामा आइतबार २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । 

संक्रमितको संख्या ६ लाख ९७ जार ८३६ पुगेको छ । यससंगै भारत सबैभन्दा संक्रमित देशको तेस्रो स्थानमा पुगेको छ । भारतले रुसलाई पनि पछाडि छाडेको हो । 

विश्वभर १ करोड १५ लाख ५० हजार संक्रमित भइसक्दा सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार, दोस्रो स्थानको ब्रजिलमा १६ लाख ४ हजार ५८५ जना संक्रमित छन् । 

तेस्रो भारतमा ६ लाख ९७ जार ८३६ संक्रमित रहँदा चौथो रुसमा ६ लाख ८१ हजार २५१ पगेका छन् । भारतमा हाल २५ हजारको हाराहारीमा संक्रमित बढ्दा रुसमा भने ७ हजारको हाराहारीमा मात्र संक्रमित थपिँदै आएका छन् । आइतबार ६ हजार ७३६ संक्रमित थपिएका छन् । 

भारतमा मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा ४२० जनाको ज्यान गएको छ । 

१५ हजार ८२६ लाई निको भएको छ । हालसम्म ४ लाख २४ हजार ८९१ जनालाई निको भएको छ । 

कुन राज्यमा बढी संक्रमण–
महाराष्ट्रमा ६ हजार ५५५ जना नयाँ संक्रमित थपिएपछि २ लाख ६ हजार ६१९ जना पुगेका छन् । १५१ मृतक थपिएपछि ८ हजार ८२२ पुगेका छन् । 

तमिलनाडुमा ४ हजार १५० थपिएर संक्रमित १ लाख ११ हजार १५१ पुगेका छन् । ६० मृतक थपिएर १ हजार ५१० पुगेका छन् । 

दिल्लीमा २ हजार २४४ संक्रमित थपिएर ९९ हजार ४४४ पुगेका छन् । ६३ मृतक थपिएर ३ हजार ६७ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ