arrow

२० करोडको ज्यान लिएको ‘बुबोनिक प्लेग’को संक्रमण फेरि मंगोलियामा भेटियो

logo
प्रकाशित २०७७ असार २२ सोमबार
plague-mongolia.jpg

मंगोलिया। मंगोलियाको एक भित्रि शहरमा बुबोनिक प्लेगको संक्रमण देखिएको छ। सन् १३४७ मा पहिलो पटक माहामारीको रुप लिएको प्लेग फेरि मंगोलियामा देखिएको हो।

पूर्वी मंगोलियाको भित्रि शहर बयानुरमा एक गोठालोमा संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्। सीमावर्ती मंगोलियामा संक्रमण देखिएसँगै चीनले सावधानी अपनाउँन थालेको छ। संक्रमण देखिएसँगै चार चरणमध्ये दोस्रो चरणको अन्तिम अवस्थाको चेतावनी माहामारीविद्हरुले दिएका छन्। बुबोनिक प्लेग एक किसिमको ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ। यद्यपि समयमै थाहा हुनसक्यो भने यसको उपचार हुन्छ।

बयानुर शहरको उराब मध्य ब्यानर अस्पतालमा संक्रमित व्यक्ति फेला परेका हुन्। उनलाई अहिले आइसोलेसनमा राखिएको र स्थिती सामान्य रहेको बताइएको छ।

उनीमा कसरी संक्रमण भयो भन्ने कुरा थाहा हुन सकेको छैन। यद्यपि चेतावनी दिइए अनुसार संक्रमित जनावरको मासु खादा संक्रमण मानिसमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि सन् २०१७ मा पूर्वी अफ्रिकी मूलुक मेडाडास्करमा बुबोनिक प्लेगको संक्रमण ३ सय भन्दा बढीमा भेटिएको थियो। गत वर्षको मेमा मंगोलियामा बुबोनिककै कारण २ जनाको मृत्यु भएको थियो। यसको संक्रमण विशेष गरि मुसा प्रजातिका जनावरहरुको मासु खादा हुनेगर्छ। ती जनावमा बुबोनिक प्लेग गराउने भाइरस रहेको हुन्छ।

मानव सभ्यताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि ग्रेट प्लेग’ हो।  यो बुबोनिक प्लेगलाई 'ब्ल्याक डेथ' कालो मृत्युको नाम दिइएको छ। यसले चार वर्षको बीचमा संसारका २० करोड मानिसको ज्यान लिएको थियो।

पछिल्लो सबैभन्दा ठूलो माहामारी १८६५ मा ब्रिटेनमा देखिएको थियो। त्यसले झण्डै डेढ करोडको ज्यान लिएको थियो। अहिलेको समयमा प्लेगको उपचारपद्यतीहरु विकास भइसकेको हुँदा माहामारीकै स्थिती भने नआउँने बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ