arrow

कोरोना भाइरस हावाबाट पनि सर्ने तथ्यले ल्यायो नयाँ तरंग

कोरोनाबाट बच्नको लागि सुरक्षाका उपायहरु थप हुन सक्ने 

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २४ बुधबार
coronavirus-molecular.jpg

काठमाडौं। विश्वस्वास्थ्य संगठनले हावाबाट पनि कोरोना भाइरस सर्छ भन्ने तथ्यलाई स्वीकार गरेको छ। योसँगै कोरोना भाइरस हाच्छ्यु गर्दा, खोक्दा, नजिकको व्याक्तिलाई मात्रै सर्छ भन्ने कुरामा नयाँ तथ्य थपिएको हो।

विश्वका २ सय ३९ वैज्ञानिकहरुले अध्ययन गरेर विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस हावाबाट पनि सर्ने देखिएको र यसबारे थप अध्ययन गर्न भन्दै सिफारिस गरेका छन।

वैज्ञानिकहरुले सुरक्षाका विषयमा थप सचेत हुनुपर्ने कुरा समेत उठान गरेका थिए। वैज्ञानिकहरुको अपिलपछि विश्वस्वास्थ्य संगठनका  वैज्ञानिक बेनेदेत्ता आलेग्रान्जीले कोरोना भाइरस हावाबाट सर्ने कुरालाई अस्वीकार गर्न सक्ने अवस्था छैन्।

अनुसन्धानकर्ताले गरेको अध्ययनलाई आधार मान्दै विश्वस्वास्थ्य संगठनले थप अनुसन्धानको खाचो रहेको बताएको छ। अनुसन्धानकर्ताले कोरोना भाइरस संक्रमितले सास फेर्दा हावा मिसिने र त्यसपछि उक्त हावाबाट सर्न सक्ने देखिएको बताएको हो।

योसँगै अब कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरुमा पनि थप हुने ठानिएको छ। यो विषयमा थप अनुसन्धान र अध्ययन भएपछि विश्व स्वास्थ्य संगठनले थप तथ्यहरु सार्वजनिक गर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ