arrow

अमेरिकि र जर्मन विदेशमन्त्रीबीच फोनवार्ता

logo
एएनआई,
प्रकाशित २०७७ असार २७ शनिबार
us-german.jpg

वासिङटन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र जर्मन विदेशमन्त्री हेइको मासबीच फोनवार्ता भएको छ। उनीहरुबीच फोनमा कुराकानी भएको अमेरिकि विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको थियो।

त्यस विज्ञप्तिमा उनीहरुका बीचमा अमेरिका जर्मनी द्धिपक्षीय सम्बन्धका साथै युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका विषयमा पनि कुराकानी गरेको बताइएको छ।

त्यस्तै उनीहरुका बीचमा हाल महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र यसले गरेको आर्थिक क्षेत्रको क्षतिलाई आगामी दिनमा के कसरी सुधार गर्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो।

त्यसैगरी सो वार्ताका क्रममा अमेरिकाले हालै केही चिनियाँ अधिकारीहरुमाथि लगाएको अमेरिकाको भ्रमण प्रतिबन्धका बारेमा पनि कुराकानी भएको थियो।
अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप निकै ठूलो संख्याका मानिसहरुमा बढिरहेको विषयमा पनि सो वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले जर्मन विदेशमन्त्रीलाई जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ