arrow

जिम्बावेमा पाकिस्तानी कुटनीतिज्ञ मानव तस्करीमा संलग्न, दुतावासबाट हटाइए

logo
प्रकाशित २०७७ असार २८ आइतबार
pakistan-flag.jpg

काठमाडौं। जिम्बावेले एक पाकिस्तानी कुटनीतिज्ञलाई फिर्ता पठाएको छ। तस्करी सम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय कानुन उल्लंघन गरेको आरोपमा ती कृटनीतिज्ञलाई पाकिस्तान फिर्ता पठाइएको हो। हरारेस्थित पाकिस्तानी दुतावासमा कार्यरत वकास अहमदलाई फिर्ता पठाइएको हो।

वकासले गत वर्ष तीन पाकिस्तानी नागरिकलाई जिम्बावेको बेइटब्रिजहुँदै अवैधरुपमा दक्षिण अफ्रिका पठाउन खोजेका थिए। त्यसक्रममा वकास अवैध मानव तस्करीमा संलग्न रहेको पोल खुलेको थियो।

जिम्बावेको विदेशमन्त्रालयले त्यहाँस्थित पाकिस्तानी दुतावासलाई कुटनीतिक पत्र काट्दै ती अधिकारीको कदमप्रति चिन्ता र निन्दा व्यक्त गरेको थियो।

जिम्बावेको अध्यागमन विभागले सन् २०१९ को अक्टोबर ३० मा विदेश मामिला विभागलाई पत्र लेख्दै ति अधिकारीको मुद्दाको जानकारी गराएको थियो। एक महिला र २ पुरुष सहित ३ पाकिस्तानी नागरिकलाई अवैधरुपमा दक्षिण अफ्रिका पठाइरहेको अवस्थामा पाकिस्तानी कुटनीतिज्ञ वकास पक्राउ परेको भन्दै जिम्बावेका अधिकारीहरुले विदेश मामिला विभागलाई पत्र पठाएका थिए।

लामो समयको छलफल र खोजिपछि वहुराष्ट्रिय कानुन मिचेको पाइएका पाकिस्तानी कुटनीतिज्ञको हर्कतको निन्दा गर्दै जिम्बावेको विदेशमन्त्रालयले ती अधिकारीलाई दुतावासबाट हटाउन पाकिस्तानलाई निर्देशन दिएको हो।

गत वर्ष पक्राउ परेका ३ पाकिस्तानीहरुले सोधपुछका क्रममा दुतावासका अधिकारीहरुसँग सम्बन्ध रहेको बताएका थिए। त्यसपछि वकासको मानव तस्करीमा संलग्नता रहेको खुलेको हो।

जिम्बावेका एक व्यापारीले समेत पाकिस्तानी अधिकारीहरुले दक्षिण अफ्रिकामा मानव बेचबिखन गरिरहेको आरोप लगाएका छन् । उनले दुतावासकै अधिकारीहरुले मानव तस्करीको रैकेट चलाइरहेको बताएका हुन्। पाकिस्तानी कुटनीतिज्ञ नै मानव तस्करीको आरोपमा पक्राउ परेसँगै इस्लामावाद र हरारेबीच तनाव बढेको छ।

यद्यपी त्यहाँस्थित पाकिस्तानी दुतावासले भने जिम्बावेले सानो मुद्दालाई बढावा दिँदै पतित व्यवहार देखाएको आरोप लगाएको छ । यसअघि डिसेम्बर १९ मा समेत ती नागरिकहरु पर्यटक भएर आएको र उनीहरुलाई गलत आरोप लगाउँदै पक्राउ गरेको भन्दै जिम्बावेको विदेश मामिलाका कानुनी महानिर्देशकलाई पाकिस्तानी दुतावासले पत्र काटेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ